दैलेख : दैलेखको लोहोरे खोला र कट्टी खोलमा गत शुक्रवारदेखि दैनिक रूपमा ६० टिप्पर ढुङ्गा गिटी र बालुवा अवैध रूपमा दोहन भइरहेको छ । ठुला विकास अनिवार्य हुन तर ठुला विकास गर्नुपर्ने नाममा अवैध रूपमा खोला दोहन हुन नहुने भन्दै स्थानीय बासिन्दाहरू आक्रोशित देखिएको छन् ।
गत शुक्रवारदेखि लगातार खोला दोहन भइरहेको छ । हामीले यस्तो किन गरेको अवैध रूपमा यसरी खोलाको धार नै परिवर्तन गर्ने गरी काम गर्न नहुने भन्दा उल्टै आफूलाई थर्काएको स्थानीयको आरोप छ ।
जिल्लामा सञ्चालनमा रहेको पुष्पलाल मध्यपछाडि राजमार्गको निर्माणका लागि भन्दै निर्माण कम्पनीले धमाधम अवैध रूपमा खोलामै डोजर प्रयोग गरेर बालुवा उत्खनन गरिरहेको छ । कामको जिम्मेवारी लिएको निकायले सामानको व्यवस्थापन समयमै गर्नुपर्ने हो । अन्तिम समयमा आएर खोलाको धारनै परिवर्तन हुने गरी वातावरण बिगार्न नपाइने लोहोरेका स्थानीयको गुनासो छ ।
यती धेरै अचाक्ली हुँदा पनि पुष्पलाल मध्य पहाडी आयोजना भने चुपचाप बसेको छ । मिलेमतोमा खोला दोहन भएको स्पष्ट हुन्छ । ‘हामीले तीन दिनदेखि खबरदारी गरेका छौँ । हाम्रो कुरा सुनुवाइ नभएपछि सञ्चारकर्मीसँग गुनासो पोखेका छौँ’, । रामबहादुर रावलले गुनासो गरे दैलेखको नारायण–७ मा पर्ने लोहोरे खोला र कट्टी खोलामा गत शुक्रवारदेखि अवैध बालुवा उत्खनन भइरहेको छ ।
कानुनी आधारमा पुल निर्माण भएको स्थानदेखि पाँच सय मिटर वरपर गिट्टी बालुवा तान्न नमिल्ने भए पनि मध्यपछाडि आयोजना दैलेखका इन्जिनियर देवेन्द्र भट्टराईको निर्माण कम्पनीसँगको मिलेमत्वमा अवैध तरिकाले खोला दोहन हुँदै आएको बुझिएको छ ।
नारायण नगरपालिका दैलेखका प्रमुख लोमन शर्माले पुल निर्माण भएको स्थानदेखि पाँच सय मिटर वरपरसम्म गिट्टी बालुवा तान्न नमिल्ने बताउँछन् तर मध्यपछाडि आयोजनाका इन्जिनियर देवेन्द्र भट्टराईले सोही निर्माण कार्यका लागि सोही स्थान नजिकबाट गिट्टी बालुवा तान्न मिल्ने बताउँछन् । इन्जिनियर भट्टराईको समेत मिलेमतो भएको यही भनाईबाट स्पष्ट हुन्छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले पुल निर्माण भएको स्थानबाट पाँच सय मिटरसम्म गिट्टी बालुवा तान्न नमिल्ने बताए । उनले लोहोरे खोलामा अवैध तरिकाले गिट्टी बालुवा तान्दै गरेको सूचनाका आधारमा प्रहरीसँगको समन्वयमा रोकेको बताएका छन् । तर खोलामा अवैध उत्खनन भने निरन्तर चलिरहेको छ ।
धमाका दैनिकले मङ्गलवार गरेको स्थलगत अनुगमनका क्रममा लोहोरे खोलामा कानुनले बन्देज गरेको स्थानबाट गिट्टी बालुवा तान्दै गरेको फेला परेको थियो । तान्न नमिल्ने स्थानबाट अवैधहरुपमा गिट्टी बालुवा तानेको जानकारी पाए लगतै सम्बन्धित निकायसँग भनेर काम रोकिएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए ।
पुष्पलाले मध्यपछाडि राजमार्ग निर्माणका लागि भन्दै दैलेखका अधिकांश स्थानमा खोला दोहन हुने गरेको छ । आवश्यक सामग्री अनिवार्य हो तर आयोजनाको जिम्मा लिएको निर्माण कम्पनीले समयमै सामग्री जम्मा गर्नुपर्ने हो ।
विगत पाँच वर्षदेखि सामग्री जम्मा नगर्ने र अन्तिम समयमा आएर विकास गर्ने नाममा अर्को विपत्ति निम्त्याउनु राम्रो हाईन । आवश्यकताका आधारमा, प्रकृतिलाई क्षति नहुने गरी विकास गर्नुपर्ने नागरिक समाजको भनाई छ ।











